साफ खेल्ने खेलाडीलाई  २ लाख ५० हजार पुरस्कार
Webpati
March 24, 2019

विराटनगर,चैत १० ।

पाँचौं महिला साफ च्याम्पियनसिपमा उपबिजेता बनेको नेपाली महिला टोलीका सदस्यलाई अखिल नेपाल फुटबल संघले पुरस्कृत गर्ने भएको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा भारतसँग पराजित नेपाली महिला टोलीलाई एन्फाले जनही १ लाखका दरले पुरस्कृत गर्ने भएको हो । शुक्रवार प्रदेश सरकार र विराटनगर महानगरपालिकाले पनि सहयोग गर्ने घोषणा गरेका थिए । प्रदेश सरकराले जनही १ लाख र महानगरपालिकाले जनही ५० हजार रुपैया दिने घोषणा गरेका हुन् ।

एन्फाले पनि पुरस्कृत गर्ने घोषणा गरेपछि नेपाली खेलाडीका २६ जना सदस्यले जनही २ लाख ५० हजार रुपैया पुरसर पाउनेछन् ।साधारणसभामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अघिल्लो साधारणसभादेखि हालसम्म गरेका कार्यहरु तथा नेपाली फुटबल खेलको विकासका लागि भएका कामका बारेमा प्रस्तुत गरेका थिए । फुटबल विकासमा भएका कामहरुबाट सन्तुष्ट रहेको निस्कर्षसहित वार्षीक प्रगति प्रतिवेदन सर्वसम्मतले अनुमोदन भएको एन्फा प्रवक्ता राईले बताए ।

उनका अनुसार एन्फा कोषाध्यक्ष रवीन्द्र जोशीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले अनुमोदन गरिएको छ । आर्थिक वर्ष २०७५÷०७६ को वार्षीक कार्यक्रम अनुसार २३ करोड ७४ लाख ५० हजार रुपैयाँ परिमार्जनसहित स्वीकृत गरिएको जानकारी राईले दिए ।

‘महिलाले खेल्न र बाहिर डुल्न हुँदैन भन्ने मानसिकता तोडिएको छ,’ उनले भने, ‘महिलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन र खेलाउन पर्ने रहेछ भन्ने सन्देश दिन सकियो ।’ प्रतियोगिताका कारण आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको विश्वास एन्फाले लिएको उनले बताए ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्