लागु पदार्थ सहित पक्राउ
Webpati
April 11, 2019

चैत्र  २८ २०७५ भद्रपुर

भद्रपुर नगरपालिका–५ बसपार्कबाट प्रहरी टोलीले लागूऔषधसहित एक व्यक्तिलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–५ का २२ वर्षीय वीरधन तामाङ रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । बुधबार ९ः३० बजे प्रहरी टोलीले शङ्कास्पद अवस्थामा हिँडिरहेका तामाङलाई जाँच गर्ने क्रममा लागूऔषध फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र लुपिजेसिक २० थान बरामद गरेको हो । पक्राउ परेका तामाङलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी थप अनुसन्धान गरिरहेको सो कार्यालयले जनाएको छ । यही चैत १६ गते यसै नाकाबाट नेपाल भित्र्याइएको रु २२ लाख मूल्य बराबरको यौनवद्र्धक औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्