रोनाल्डोले  किने संसारकै महंगो कार
Webpati
May 2, 2019

विश्वचर्चित फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले संसारकै महंगो कार खरिद गरेका छन् । युभेन्टसबाट व्यवसायिक क्लब फुटलब खेलिरहेका ३४ वर्षीय रोनाल्डोले बुगाटी ला भुइचर नोयर कार खरिद गरेका हुन् । उनले खरिद गरेको कारको मूल्य ११ लाख डलर पर्छ । कारको नेपाली मूल्य करिब १ अर्ब ३८ करोड २५ लाख पर्छ । रोनाल्डोले खरिद गरेको कार हालसम्मकै महंगो मूल्य भएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरूले जनाएका छन् । अनौठो डिजाइनमा बनाइएको कार रोनाल्डोले खरिद गरेको उल्लेख गर्दै डेलिमेलले उनी सबैभन्दा महंगो कारको धनी भएको बताएको छ । पहिलो पटक जेनेभा मोटर शो २०१९ मा प्रदर्शन भएको कार बजारमा भने आइसकेको छैन् ।

निर्माण कम्पनीले कारलाई चाँडै विश्वबजारमा ल्याउने पनि बताएको छ । फान्सेली लक्जरी कम्पनीले निर्माण गरेको एकमात्र बुगाटी कार कम्पनीको १ सय १०औं स्थापना दिवसको अवसरमा रोनाल्डोलाई बिक्री गरेको हो । विश्वचर्चित फुटबलर रोनाल्डो कारका सौखिन हुन् । उनी महङ्गा कार चढ्न रुचाउँछन् ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्