मेक्सिको विस्फोट  मृत्यु हुनेमा ७१ पुग्यो
Webpati
January 20, 2019

मेक्सिकोमा तेलको पाइपलाइन विस्फोट हुँदा मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।  मध्यमेक्सिकोस्थित ईडाल्गो राज्यमा रहेको एउटा तेल प्रशोधन केन्द्रनजिकै शुक्रवार राति विस्फोट भएको हो । पाइपलाइनमा चुहिएको तेल संकलन गरिरहेको समयमा विस्फोट भएकाले धेरै मानिस मारिएका हुन् ।

घटनापछि राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओर्बयाडोरले तेल चोरी रोक्नका लागि प्रयासहरू बढाइने प्रतिबद्धता जनाएका छन् । सरकारी स्वामित्वको प्रेमेक्स पेट्रोलियम कम्पनीले पाइपलाइनबाट अवैध रूपमा तेल निकाल्दा आगलागी भएको अनुमान गरिएको छ ।

गत डिसेम्बरमा मेक्सिकोका राष्ट्रपतिले तेलचोरी नियन्त्रण गर्न एउटा महत्त्वपूर्ण कदम थालिएको बताएका थिए । सरकारी योजनाकै कारण धेरै राज्यमा तेलको चरम अभाव उत्पन्न भएको थियो । मेक्सिकोमा तेलचोरीबाट गत वर्षमात्रै राज्यलाई तीन अर्ब डलर बराबरको नोक्सानी हुने गरेको छ ।

(मेक्सिको)

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्