पहिलो हाफमा नेपाल ६–१ गोलले पछाडि
Webpati
April 26, 2019

काठमाडौं १३ बैशाख २०७६ ।

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट दोस्रो चरण अन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा नेपाल ६–१ गोलले पछि परेको छ ।  पहिलो हाफको समाप्तिमा नेपाल सम्हालिन नसक्दा ६–१ को गोल अन्तरले पछि परेको हो । नेपाली डिफेन्सको एकपछि अर्को गल्तीले नेपाल चौथो मिनेटबाट नै गोलको शिकार भएको हो । पहिलो हाफको अन्तिम समयमा नेपालले १ गोल घटाएको छ ।  म्यानमारको मन्डलाथिरी रंगशालामा जारी खेलमा प्रशिक्षक हरीओम श्रेष्ठले राष्ट्रिय टोलीबाट खेलिसकेका पाँच खेलाडीलाई मैदान उतारेपनि नेपालले खराब प्रदर्शन गरिरहेको छ ।  त्यसो त अष्टेलिया नेपाल भन्दा फिफा बरीयतामा ९७ स्थान माथि छ । समूह ए मा रहेको नेपालले अष्ट्रेलियापछि घरेलु टोली म्यानमार र उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।  नेपालको प्लेइङ–११ मा गोलकिपरमा अन्जना रानामगर छन् । स्ट्राइकरको जिम्मा रेखा पोडेल र रश्मी घिसिङलाई दिइएको छ । मिडफिल्डमा मन्जली योन्जन, सरु लिम्बु, मनिषा रावत र सबिता रानामगर छन् ।  डिफेन्डरमा रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, पुजा राना र बिमला बिक छन् ।  बलियो दाबेदार मानिएको अष्ट्रेलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा नेपाल छ ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्