पत्रकार सन्तोषी अधिकारी सम्मानित
Webpati
March 18, 2019

काठमाडौ,जेसिआई  काठमाडौं लेडि नेपालले मानव अधिकारका क्षेत्रमा पत्रकारितामार्फत् आवाज बुलन्द गरेबापत पत्रकार सन्तोषी अधिकारीलाई सम्मान गरको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौंको जेसिस भवन थापाथलीमा आयोजित महिला सम्मान कार्यक्रममा महिला, बालबालीका र स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आएकी पत्रकार अधिकारीले  पिडित असाहाय महिलाको विकास र उत्थानमा आवाज पनि बुलन्द पार्दै आएको भन्दै जेसिआई काठमाडौं लेडि नेपालले अभिनन्दन गरेको हो । हाल एबीसी न्यूज टेलिभिजनमा समाचारवाचिका, कार्यक्रम निर्माता एवं प्रस्तोताका रुपमा कार्यरत अधिकारीले कार्यक्रममा मानवअधिकारका लागि पत्रकारिताकामार्फत् आवाज उठाउँदा भोग्नुपरेको चुनौती बारेमा आफ्नो अनुभव सुनाएकी थिइन् । त्यसैगरि  कार्यक्रममा  नेपाल  स्काउटबाट  राजवदन  जोशी, आर्युवेदिक  क्षेत्रबाट डा.  सरिता श्रेष्ठ, नेपालमै पहिलो पटक कृषि विज्ञानमा पिएचडि गर्ने डा. केशरी लक्ष्मी मानन्धर,  नेपाल प्रहरीकी  प्रहरी  निरिक्षक  शुभद्रा वाइवा,  भक्तपुर क्यान्सर अस्पतालकी अंकोलोजिष्ट  डा.  एलिशा श्रेष्ठ, लामो समय नर्सिङ क्षेत्रमा काम  गरकी  यज्ञलक्ष्मी  प्रधानलगाएत  ७  जना  महिलालाई  काठमाडौं  महानगरपालिकाकी  उपमेयर  हरिप्रभा  खड्कीले कदरपत्र प्रदान गरेकी थिइन् ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्