नेपाल आइडल रवि ओडकी आमाको मृत्यु
Webpati
December 26, 2018

दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेको मृत्यु भएको छ ।

घरबाट उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा विष्णाको बाटोमा नै मृत्यु भएको अस्पतालमा कार्यरत प्रहरी हवलदार अम्बादत्त जोशीले जानकारी दिए। कञ्चनपुरको कृष्णापुर नगरपालिका–५ निवासी विष्णा पानी तान्ने मोटर चलाउने क्रममा करेण्ट लागेको उनले बताए। करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षीया विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुगाइए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो। रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो।

बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएको थियो ।

आमाकाे मृत्युकाे खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन् ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्