पाँच ख्रीस्टीयानहरुको रिहाईको मागमा बिरोध र्याली
Webpati
April 26, 2019

 

दांगमा समातिएका पाँच ख्रीस्टीयानहरुको रिहाईको माग गर्दै आमुल परिवर्तन मसिहा पार्टी नेपालले उक्त घटनाको बिरोध स्वरूप शान्ति बाटिका शान्तिपूर्ण र्याली निकालेको छ | उक्त शान्तिपूर्ण र्यालीको  सम्बोधन गर्दै आमुल परिवर्तन मसिहा पार्टी नेपालका अध्यक्ष भरत गिरीले अल्पसंग्ख्याक समुदायलाई राज्यले पेल्न पाईंदैन भन्ने मन्तब्य व्यक्त गर्नुभयो | मध्यान्न बाह्र बजे सुरु गरेको शान्तिपूर्ण  र्यालिलिलाई रोक्न केहि अतिबादीहरुले प्रयास  गरेका थिए तर सुरक्षाकर्मीले उक्त र्यालीलाइ झडपबाट बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए | परिवर्तन मसिहा पार्टी नेपालले निकालेको उक्त बिरोध र्याली शान्ति बाटिकाबाट सुरुभई सिंहदरवार हुँदैमाइतीमण्डलामा पुगेर कोणसभामा परिणत भई सम्पन्न भएको थियो | समापन कार्यक्रममा बोल्दै गिरीले आफ्नो पार्टी अल्पसंग्ख्याक समुदायको पक्ष्यमा रहेको बताउनु भयो |

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्