खोटाङमा  चट्याङले एकै गाउँका आठ जना गम्भीर घाइते
Webpati
May 13, 2019

खोटाङ, बैशाख ३०
खोटाङमा हावाहुरी र असिना पानीसँगै परेको चट्याङका कारण एकै गाउँका आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका आठ जना घाइते भएका हुन् ।

घाइते हुनेमा रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल रहेका छन् । घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए । उनीहरुलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको स्वास–प्रश्वासमा समस्या देखिएको जनाइएको छ ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्