केसीलाई आइसियुबाट क्याबिनमा सारियो
Webpati
January 20, 2019

काठमाडौं : अनसनरत डाक्टर गोविन्द केसीलाई आइसियुबाट क्याबिनमा सारिएको छ ।

केसीको माग पुरा गर्न दबाब दिन आजदेखि शिक्षण अस्पतालका आवासीय चिकित्सकले कालोपट्टी बाँधेर काम शुरु गरेका छन् । उनलाई क्याबिनको ५०२ नम्बर बेडमा सार्ने तयारी भएको छ । आइसियुमा उपचाररत केसीको सेतो रक्तकोषिका न्यून भएको तथा मुटुको अवस्था सामान्य हुँदै गएको उपचारमा सग्लन चिकित्सकहरुले बताएका छन् ।

डाक्टर केसी १२ दिनदेखि १६ औ पटकको अनशनमा छन । पुस २५ गते इलाम पुगेर अनशन सुरु गरेका केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि शुक्रबार सेनाको हेलिकोप्टरवाट काठमाडौं ल्याइएको थियो ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्