ओली काभ्रेमा पक्राउ परे
Webpati
March 24, 2019

काठमाण्डौँ, चैत्र 10 ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई प्रहरीले पक्राउ गरेको छ । विप्लब नेतृत्वको नेकपाका  कमाण्ड इञ्चार्ज ओलीलाई शुक्रबार राति काभ्रेबाट प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार राति प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको प्रहरी श्रोतको भनाई छ । महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले ओलीसंगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्कालाई पक्राउ गरिएको जानकारी दिए ।

पार्टीको तेश्रो तहका नेता ओलीकै योजनामा ललितपुरमा एनसेल कार्यालय अघि बम विस्पmोट गरिएको आरोप प्रहरीको छ । उनकै योजनामा फागुन १० गते ललितपुरको नख्खुमा रहेको एनसेल टावर अगाडि बम विस्फोट भएको जिम्मा उनैले लिएका थिए । विस्फोटमा एकजनाको मृत्यु भएको थियो ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्