इटलीको जित
Webpati
March 25, 2019

काठमाडौं ।

मोइज किनको पहिलो अन्तराष्ट्रिय गोलसँगै इटलीले युरो कप २०२० को छनोटमा सुखद सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा इटलीले फिनल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा इटलीले सातौं मिनेटमा नै निकोलो बरेलाको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफमा किनले इटलीको जित सुनिश्चित गरे । इटलीका लागि भर्खर दोस्रो खेल खेलेका १९ वर्षे मिनले ७४ औं मिनेटमा पहिलो अन्तराष्ट्रिय गोल गरेका हुन् । फिनल्याण्डका टिमु पुक्कीले क्लोज रेन्जमा गोल गर्ने राम्रो अवसर पाएका थिए तर, सदुपयोग गर्न सकेनन् ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्