आफ्नो एफएम प्रशारणको एक दशक पूरा
Webpati
January 30, 2019

आफ्नो एफएम १०४.८ मेघाहर्ज ओखलढुंगाले आज आफ्नो प्रशारणको १० वर्ष पूरा गरेको छ । ओखलढुंगा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएमले मानव विकास सेवाको लागि नारा लिई २०६५ साल माघ १५ गतेबाट आफ्नो प्रशारण सुरु गरेको थियो । रेडियोले जिल्ला सदरमुकाम स्थित कमेरेडाँडाबाट ५ सय वाट क्षमतामा दैनिक १८ घण्टा समाचार, सूचना, मनोरञ्जनात्मक तथा विभिन्न उमेरसमुह लक्षित कार्यक्रमहरु प्रशारण गदै आएको छ ।
रेडियो प्रशारणको एकदशक पूरा भएको अवसरमा आज माननिय केन्द्रीय साँसद श्री यज्ञराज सुनुवार र सिद्धिचरण नगरपालिका प्रमुख श्री मोहन श्रेष्ठको सहभगितामा परिवर्तनशील महिला सामुदायिक संस्थाद्धारा सञ्चालित सुरक्षित आवास गृहका लागि हवीलचेयर १थान ,भान्साको लागि आवश्यक सामाग्रीहरु तथा २वटा बेन्च हस्तारण गरिंएको छ ।
यस्तै प्रमुुख जिल्ला अधिकारी मुनका न्यौपाने र ओखलढुंगा प्रहरि प्रमुख पुष्पराज मल्लको उपस्थितीमा जिल्ला कारागार ओखलढुंङ्गामा रहेका ११ महिला र ५२ पुरुष कैदिबन्दीरुलाई फलफूल वितरण गरिएको छ ।
साथै आज अपरान्ह ओखलढुंङ्गा सामुदायिक अस्पतालमा भर्नाभई उपचार गराईरहनुभएका ७१ जना विरामी तथा गर्भवती महिलाहरुलाई फलफुल वितरण गरिएको छ ।
रेडियोको स्थापना दिनको अवसरमा शुभकामना व्यक्त गर्दै रेडियोका संयोजक विजयकुमार मानन्धरले रेडियो सञ्चालनमा सहयोग पु¥याउनुहुने मानव बिकास तथा सामुदायिक सेवा (एचडिसिएस), सहयोगी संस्था फिबा रेडियो, रिचवियोण्ड साथै रेडियोका कर्मचारी, बिज्ञापनदाता तथा आम श्रोताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्