अन्र्तधार्मिक विशेषज्ञ र धार्मिक गुरुहरुबाट मिडिलाई शान्ति र विकासमा अन्र्तधार्मिक सम्वादको प्रवद्र्धनमा भूमिका खेल्न आग्रह
Webpati
January 29, 2019

थोमस बोगटी
अन्र्तधार्मिक सम्वादद्वारा शान्ति र विकास गर्ने पक्षलाई वकालत गर्न मिडियाको भूमिकालाई ध्यानमा राखी नेपाली पत्रकार तथा सञ्चारकर्मीहरू ‘शान्ति र विकासको लागि अन्र्तधार्मिक सम्वादद्वारा प्रर्वद्धन गर्न मिडियाको भूमिका’ शीर्षकमा अन्तरधार्मिक शान्ति महासंघ नेपालले युनाइटेड मिसन नेपालसँग संयुक्त आयोना गरेको अन्तरक्रियात्मक कार्यक्रममा आज काठमाडौंमा भेला भए ।
नेपाली पत्रकार महासंघका पूर्व सचिव र वर्तमान ननस्टप खबर डट कमका प्रभात चालाउनेले शान्ति पत्रकारिताको मुख्यु बिक्री हुने विषय नभए पनि सबै क्षेत्रमा सद्भाव, शान्ति र विकास ल्याउनमा मिडियको महत्वपूर्ण भूमिका रहेको जोड दिए । उनले भने,‘जब धर्म र विश्वासको विषयवस्तुहरू देखापर्छ तब मिडियाले सकेसम्म प्रतिक्रिया दिन उत्तप प्रयास गरेको छ ।’ तर उनले विचार पोखे कि मिडियाले धेरै जस्तो समय विश्वास, धर्म, विचार र सुशासनको मामलासँग आबद्ध रहेको बहुसंख्यक जनमानसलाई बढी सुन्छ ।
इन्टरफेथ एलायन्स फर पिसकी अध्यक्ष सीमा खानले अन्र्तधार्मिक शान्ति, सद्भाव र विकासको विषयवस्तु सम्बन्धी आवाज विहिनहरूको आवाजलाई सुन्न मिडिया असक्षम रहेको भन्दै पत्रकार र मिडियाकर्मीहरूलाई प्रतिक्रिया दिइन् । धार्मिक पक्ष र धार्मिक नेताहरूको प्रभावको साथै विशेषगरी अन्तरधार्मिक विशेषज्ञहरूलाई बेवास्ता गरी बढी राजनैतिक मामलालाई समेटिएको छ ।
‘सहनशील धार्मिक नेताहरूदे पनि मानव अधिकारकर्मी, अभियान्ता, सामाजसेवी र सेलिब्रेटीहरूसँग मिलेर रुढीवादी सामाजिक अभ्यासलाई घटाउन ठूलो भूमिका खेलेका छन्,’ उनले बताइन् र जाडिन् कि धार्मिक नेताहरूले कसरी समाजमा सकारात्मक प्रभाव पारिरहेका छ भन्ने विषयमा मिडियाले गहिरो अध्ययनमूलक खबर सम्पे्रषण गर्नुपर्छ तर केवल समाचारलाई बेच्न नकारात्मक पक्षमा ध्यान दिनुहुदैन ।
त्यसैगरी वेदिक सनातन धर्म कर्मकाण्ड महासंघ नेपालका उपाध्यक्ष रामचन्द्र भण्डारीले कुनै पनि व्यक्तिगत धर्मको स्वार्थमय रुची बिना नेपालको १२ धर्महरूले धार्मिक सहिष्णुता अभ्यास गर्नुपर्ने जोड दिनुभयो । ‘हिन्दु धर्मले कहिल्यै पनि मानिसको व्यक्तिगत विश्वास र विचारको बेवास्ता गर्न आदेश दिएको छैन । यदि कुनै व्यक्तिले धर्म परिवर्तन गर्न चाहन्छ भने त्यो उसको व्यक्तिगत रोजाइ हो तर देशमा भएको कुनै एउटा विशेष धर्म वा सरकारको स्वार्थमय रुचीको विषयमा आधारित छैन,’ उनले बताए ।
अन्र्तधार्मिक र मिडिया अनुसन्धानकर्ता नरेन्द्र पान्डेले मिडियालाई भातृप्रेम र शान्ति प्रवद्र्धन गर्न अन्र्तधार्मिक सम्वाद आयोजना गरी विभिन्न आस्था सम्बन्धी समान्ता र असमान्ता पहिल्याएर कुनै विशेष धार्मिक आस्थाभन्दा बरु अन्तरसम्बन्ध गहिरो बनाएर एक अर्कालाई बढी बुझ्न समाजलाई मार्गदर्शन प्रदान गर्न सुझाव दिए । उनले स्वीकारे कि धार्मिक नेता र अन्र्तधार्मिक अभ्यास गर्नेहरूलाई अतिवादी धार्मिक शत्रुताको खाल्डोलाई हटाउन मिडियाको सहयोगी हात चाहिन्छ ।
इन्टरनेशनल प्यानल अफ पार्लियामेन्टरियन्स फर फ्रिडम अफ रिलिजन अर बिलिफका राष्ट्रिय संयोजक बि.पि खनालले मिडियाको संख्य अत्याधिक तवरले बढे पनि पत्रकार तथा मिडियाकर्मीहरूलाई अन्र्तधार्मिक सम्वाद नसमेटिएको भन्दै गुनासो पोखे ।
‘अन्र्तधार्मिक शब्दवाली धर्मभन्दा सम्पूर्णरूपले फरक शब्द हो किनभने अन्र्तधार्मिक यस्तो मञ्च हो जहाँ सबै धर्मका धार्मिक गुरुहरू शान्ति र विकासलाई उत्थान गर्न एकसाथ भेला हुन्छन् । हामीले अन्र्तधार्मिक भन्दा धर्मको विषयमा कुरा गरिरहेका छैनौँ तर शान्ति र सद्भाव सम्बन्धी सम्बोधन गरिरहेका छौँ,’ उनले बताएर जोडे कि उनको धर्म तथा अनस्थाको स्वतन्त्रता पुस्तकले पनि सर्वसाधरण जन्ताको मन जित्न सकेन किनभने जन्ताले त्यसलाई अन्र्तधार्मिक पुस्तकको सट्टा धार्मिक पुस्तक भनी गलत प्रकारले बुझे । उनले क्षितिज पारि अरू देशहरूमा अन्र्तधार्मिक सम्वाद भइहरेको तर नेपालमा अन्र्तधार्मिक क्षेत्रमा मिडियाको बुझाइको कमीले गर्दा अभैm पनि अविकसित अवस्थामा रहेको बताए ।
अन्र्तधार्मिक शान्ति महासंघ नेपाल २०७५ देखि नेपालमा युनाइटेट मिसन टु नेपालको संयोजकतामा सात धर्मका गुरुहरूको साथै मध्यस्थकर्ता, मानव अधिकारकर्मी, अनुसन्धानकर्ता र अन्र्तधार्मिक विशेषज्ञहरूसँग मिलेर अन्र्तधार्मिक सम्वादलाई प्रवद्र्धन गरिरहेको छ जुन १२५ वर्ष अगाडि देखि स्वामी विवेकानान्दले पश्चिमी मुलुकहरूमा साँचो सद्भाव, शान्ति र सन्तुलित विकास ल्याउन विकास गरेको धारणा हो ।

फेसबूक एकाउन्टबाट कमेन्ट गर्नुहोस्