इलाम, वैशाख ३० इलाममा १ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । इलामको देउमाई नगरपालिका–१ कुखुरे गाउँबाट प्रहरीले लागूऔषध गाँजासहित आइतवार ६७ वर्षीय आशबहादुर राईलाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलवारेबाट खटिएको प्रहरी टोलीले...
विराटनगर, बैशाख ३० पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ । साथै मध्य क्षेत्रका केही स्थानमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस मौसमी...
विराटनगर १९ / ०१ /२०७६ एक नम्बर प्रदेशमा नामाकरण र स्थायी राजधानीको मुद्दा पेचिलो बनिरहेको छ । एक प्रदेशसभाले १९ बैशाखसम्ममा प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता गराइसक्न निर्देशन गरेपछि सत्ताधारी र प्रतिपक्षी दल र सांसदहरूबीच स्थायी राजधानी र...
बाजुरा, 17/01/2076 प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले विक तथा सो समूहका नेता तथा कार्यकतालाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट...
नारायणपुर, वैशाख १२ स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको विषयमा प्रश्न उठिरहेको बेला जवाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ । स्थानीय तहको पुनःसंरचनाअघि प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्दा अहिले सार्वजनिक सुनुवाइ कहिले गर्ने कति पटक गर्ने भन्ने...
गोरखा, वैशाख १२ / २०७२ २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको चार वर्ष पूरा हुँदा गोरखामा ७५ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा लाभग्राहीको सूचीमा परेकामध्ये ४९ हजार ७० लाभग्राहीको निजी...
जुम्ला, वैशाख १२ जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गाउँपालिकाले घरदैलोमै विशेषज्ञसहितकोे निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक बुनेशकुमार बादलसहितको दर्जन स्वास्थ्यकर्मीको टोली र औषधि घरदैलोमै पु¥याएर निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा...
जुम्ला, वैशाख १२ पातारासी गाउँपालिकाले बाल विवाहविरुद्ध घरदैलो अभियान सञ्चालन गर्ने अध्यक्ष लक्षिमन बोहोराले बताउनुभयो । उहाँका अनुसार जुम्ला जिल्लामा पातारासी गाउँपालिका बाल विवाह गर्नेमा पहिलो नम्बरमा पर्दछ । यसबाट बालबालिकाको पठनपाठनदेखि स्वास्थ्यमा समस्या पर्ने भएकाले पनि बाल विवाहविरुद्ध अभियान...
सप्तरी, चैत २८ २०७५ आस्था, प्रेम र पारिवारिक सौहार्दको सबैभन्दा ठूलो उत्सवका रूपमा मारवाडी महिलाले मनाउने गणगौर पर्व राजविराजमा बुधबार सामूहिक रूपमा मनाइएको छ । भगवान शङ्कर र पार्वतीलाई आदर्श दम्पती मानिने पौराणिक कथामा आधारित गणगौर पर्व नाचगान, सांस्कृतिक कार्यक्रमका...
लहान, चैत २८ २०७५ भारतीय सरकारको सहयोगमा सदरमुकाम सिरहामा निर्मित चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पतालको बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गर्नुभएको छ । भारत सरकारको रु दुई अर्ब ६९ करोड सहयोगमा निर्माण भएको २५ श्ययाको प्रसूति अस्पताल...